मुख्य कुरा
- झापाको कनकाई नगरपालिका–३ को घरको दोस्रो तलामा आइतबार ४३ वर्षीय योगेन्द्र (यशु) खतिवडा मृत अवस्थामा भेटिएका थिए।
- भद्रपुर अस्पतालमा पोस्टमार्टमपछि शव परिवारलाई बुझाइएको डीएसपी सन्तोष पाठकले बताए।
- इनम सापकोटासँगको सम्बन्धको चर्चाबारे कुनै तथ्य प्रमाणित नभएको एसपी बसुन्धरा खड्काले स्पष्ट पारेकी छन्।
- अनुसन्धानमा खतिवडाको मोबाइल फोन फेला परेको छ, जुन फरेन्सिक प्रयोगशालामा पठाउने तयारी छ।
झापाको कनकाई नगरपालिका–३ मा मृत अवस्थामा फेला परेका ४३ वर्षीय योगेन्द्र खतिवडा (यशु खतिवडा) को शव पोस्टमार्टमपछि परिवारलाई जिम्मा लगाइएको छ।

आइतबार आफ्नै निवासको दोस्रो तलामा मृत भेटिएका खतिवडाको भद्रपुर अस्पतालमा पोस्टमार्टम गरिएको थियो। इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सन्तोष पाठकका अनुसार आवश्यक प्रक्रिया पूरा भएपछि शव परिवारलाई बुझाइएको हो।
फोटो स्टुडियो सञ्चालन गर्दै आएका खतिवडाको काठमाडौंमा थुनामा रहेका इनम सापकोटासँग सम्बन्ध जोडेर सामाजिक सञ्जालमा विभिन्न चर्चा भइरहेका छन्। यद्यपि, यस विषयमा हालसम्म कुनै तथ्य प्रमाणित नभएको झापा प्रहरी प्रमुख एसपी बसुन्धरा खड्काले स्पष्ट पार्नुभएको छ।
उक्त मोबाइललाई थप परीक्षणका लागि प्रहरी प्रधान कार्यालयस्थित फरेन्सिक प्रयोगशालामा पठाउने तयारी भइरहेको
डीएसपी सन्तोष पाठक
अनुसन्धानका क्रममा प्रहरीले सोमबार बिहान खतिवडाको मोबाइल फोन घरबाट फेला पारेको छ। उक्त मोबाइललाई थप परीक्षणका लागि प्रहरी प्रधान कार्यालयस्थित फरेन्सिक प्रयोगशालामा पठाउने तयारी भइरहेको डीएसपी पाठकले बताउनुभयो।
यसअघि खतिवडाले फेसबुकमार्फत इनम सापकोटाको नामबाट आएको सन्देश आफ्नो परिवार र बुवालाई फसाउने उद्देश्यले रचिएको नाटक भएको दाबी गरेका थिए। साथै, मृत्युअघि उनले सामाजिक सञ्जालमा आफ्नो गल्तीको परिणाम परिवारले भोग्न नपरोस् भन्ने आशयको पोस्टसमेत गरेका थिए।
प्रहरीले सामाजिक सञ्जालमा सार्वजनिक भएका विवरण, मोबाइल फोन तथा घटनासँग सम्बन्धित अन्य पक्षमाथि थप अनुसन्धान जारी राखेको जनाएको छ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?
१ प्रतिक्रिया





प्रतिक्रिया