मुख्य कुरा
- एनपीएलको तेस्रो संस्करण आजदेखि सुरु हुँदैछ।
- उद्घाटन खेल आज साँझ ५ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच हुनेछ।
- अघिल्लो संस्करणको फाइनलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले हराएर उपाधि जितेको थियो।
- प्रधानमन्त्री बालेन्द्र शाहले टोली, खेलाडी तथा आयोजकलाई शुभकामना दिएका छन्।
- प्रधानमन्त्री शाहले एनपीएल नेपाली खेलकुदको ठूलो उत्सवका रूपमा स्थापित हुँदै गएको बताएका छन्।
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि सुरु हुँदैछ। प्रतियोगिताको उद्घाटन खेलमा आज साँझ ५ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन्।
अघिल्लो संस्करणको फाइनलमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै लुम्बिनी लायन्सले उपाधि जितेको थियो। यसपटक उद्घाटन खेलमै दुवै टोलीबीच प्रतिस्पर्धा हुन लागेको हो।
केही वर्षमै एनपीएल नेपाली खेलकुदको ठूलो उत्सवका रूपमा स्थापित हुँदै गएको छ।
प्रधानमन्त्री बालेन्द्र शाह
प्रतियोगिता सुरु हुन लागेसँगै प्रधानमन्त्री बालेन्द्र शाहले एनपीएलमा सहभागी टोली, खेलाडी तथा आयोजकलाई शुभकामना दिएका छन्। सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै उनले केही वर्षमै एनपीएल नेपाली खेलकुदको ठूलो उत्सवका रूपमा स्थापित हुँदै गएको बताएका छन्।
प्रधानमन्त्री शाहले प्रतियोगितामा सहभागी हुन आएका अन्तर्राष्ट्रिय खेलाडी तथा कमेन्टेटरलाई स्वागत गर्दै नेपाली खेलाडी, आयोजक र नेपाल क्रिकेट संघ (क्यान) लाई प्रतियोगिताको सफल आयोजनाका लागि शुभकामना दिएका छन्।
नेपाली क्रिकेटको विकास र प्रवर्द्धनमा एनपीएलले थप योगदान पुर्याउने विश्वास व्यक्त गर्दै उनले ‘नेपाली क्रिकेट दीर्घायु होस्’ भन्ने कामनासमेत गरेका छन्।
एनपीएललाई नेपाली क्रिकेटको लोकप्रियता विस्तार गर्ने, प्रतिभाशाली खेलाडीलाई अवसर प्रदान गर्ने र अन्तर्राष्ट्रिय स्तरमा नेपालको क्रिकेट पहिचान बलियो बनाउने महत्त्वपूर्ण प्रतियोगिताका रूपमा हेरिएको छ।



प्रतिक्रिया