मुख्य कुरा
- १० हजार ४ सय थान सयपत्री फूलको माला बरामद गरेको छ।
- बरामद गरिएको मालाको बजार मूल्य करिब १५ लाख ६० हजार रुपैयाँ रहेको
दमक, सशस्त्र प्रहरी बलले मोरङको कानेपोखरी गाउँपालिका–४ स्थित साना किसान सहकारी संस्थाको कोल्ड स्टोरबाट दमकतर्फ लैजान तयारी अवस्थामा राखिएको १० हजार ४ सय थान सयपत्री फूलको माला बरामद गरेको छ।विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी उपरीक्षक दिनेश बस्नेतको कमाण्डमा खटिएको टोलीले उक्त माला बरामद गरेको हो। बरामद गरिएको मालाको बजार मूल्य करिब १५ लाख ६० हजार रुपैयाँ रहेको जनाइएको छ। घटनाबारे आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ।





प्रतिक्रिया