मुख्य कुरा
- पीएचपीमा दुई गम्भीर सुरक्षा कमजोरी फेला परेपछि नेपालका अधिकांश सरकारी वेबसाइट अफलाइन गरिएको छ।
- साइबर सुरक्षा केन्द्रका प्रवक्ता राजकुमार महर्जनका अनुसार वेबसाइट र डेटा सुरक्षित राख्न यसो गरिएको हो।
- कमजोरीले वर्डप्रेस, ड्रुपल, जोम्ला र म्याजेन्टोजस्ता ठुला प्लेटफर्मलाई सिधै असर पारेको विज्ञहरूले जनाएका छन्।
- बेलायती राष्ट्रिय साइबर सुरक्षा केन्द्रले पीएचपी प्रयोग भएका साइट तत्काल अफलाइन गराउन सुझाव दिएको छ।
- साइबर सुरक्षा केन्द्र छिट्टै एड्भाइजरी जारी गर्ने तयारीमा छ।
काठमाडौं । नेपालका अधिकांश सरकारी वेबसाइट डाउन भएका छन् । प्रोग्रामिङ ल्याङ्ग्वेज पीएचपीमा गम्भीर किसिमको सुरक्षा कमजोरी फेला परेपछि प्रणाली सुरक्षित गर्न, डेटा जोगाउन सरकारी वेबसाइट अफलाइन गरिएका हुन् ।
साइबर सुरक्षा केन्द्रका प्रवक्ता राजकुमार महर्जनका अनुसार बुधबार पीएचपी ल्याङ्वेज प्रयोग भएका सबै वेबसाइट हालका लागि पहुँच हुन नसक्ने बनाइएको छ । “वेबसाइट, डेटा र अन्य विवरण सुरक्षित राख्न हामीले पनि अन्य देशले जस्तै सरकारी वेबसाइट अफलाइन गरेका छौं,” महर्जनले भने, “छिट्टै एड्भाइजरी जारी गर्ने तयारी समेत गरिरहेका छौं ।”
इन्टरनेटका अधिकांश प्रमुख वेबसाइट सञ्चालन हुने प्रोग्रामिङ ल्याङ्वेज पीएचपी (php) मा दुई वटा गम्भीर सुरक्षा कमजोरी फेला परेपछि विश्वभर व्यापक साइबर आक्रमणको त्रास फैलिएको छ । यससँगै विश्वभरका वर्डप्रेस, अनलाइन शपिङ पोर्टल तथा अन्य व्यावसायिक वेबसाइटका एड्मिनिस्ट्रेटरलाई तत्काल आपत्कालीन सुरक्षा अपडेट लागु गर्न चेतावनी दिइएको छ ।
उक्त सुरक्षा कमजोरीले पीएचपीमा आधारित विश्वका ठुला वेब प्लेटफर्म जस्तै वर्डप्रेस, ड्रुपल, जोम्ला र म्याजेन्टोलाई सिधै असर पुर्याएको साइबर सुरक्षा विज्ञहरूले जनाएका छन् ।
बेलायती राष्ट्रिय साइबर सुरक्षा केन्द्रले समेत एक सूचना जारी गर्दै तत्कालका लागि पीएचपी प्रयोग भएका साइट अफलाइन गराउन सुझाव दिएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?
२ प्रतिक्रिया






प्रतिक्रिया