मुख्य कुरा
- दमक नगरपालिका–६ को खेलकुद विकास समितिले दशैँमा फुटसल र खुला दौड प्रतियोगिता आयोजना गर्दैछ।
- असोज २४ र २५ गते बिष्ट फुटसल मैदानमा १० वटै वडाका टोली सहभागी हुनेछन्।
- फुटसल विजेताले २० हजार र उपविजेताले १० हजार रुपैयाँ पाउनेछन्; दर्ता शुल्क २ हजार रुपैयाँ।
- असोज ३१ गते ५ किलोमिटर खुला दौडमा ५ सयभन्दा बढी धावकको सहभागिताको अपेक्षा छ।
- दशैँपछि मंसिरमा चेस, ब्याडमिन्टनलगायत थप प्रतियोगिता गर्ने तयारी भइरहेको छ।
दमक । दशैँको अवसर पारेर झापाको दमकमा वडास्तरीय फुटसल र खुला दौड प्रतियोगिता आयोजना हुने भएको छ। दमक नगरपालिका–६ को खेलकुद विकास समितिले युवालाई खेलकुदमा जोड्ने उद्देश्यले दुवै प्रतियोगिता आयोजना गर्न लागेको हो।
असोज २४ र २५ गते दमक–५ स्थित बिष्ट फुटसल मैदानमा हुने फुटसल प्रतियोगितामा नगरपालिकाका १० वटै वडाका टोली सहभागी हुनेछन्। प्रतियोगिताको विजेताले २० हजार तथा उपविजेताले १० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन्। टोली दर्ताका लागि २ हजार रुपैयाँ शुल्क तोकिएको छ।
वडा तहबाटै खेलाडी पहिचान तथा उत्पादन गर्ने र युवालाई खेलकुदतर्फ आकर्षित गर्ने उद्देश्यले पहिलोपटक फुटसल प्रतियोगिता आयोजना गर्न लागिएको हो।
सबिन निरौला
खेलकुद विकास समिति दमक–६ का अध्यक्ष सबिन निरौलाका अनुसार वडा तहबाटै खेलाडी पहिचान तथा उत्पादन गर्ने र युवालाई खेलकुदतर्फ आकर्षित गर्ने उद्देश्यले पहिलोपटक फुटसल प्रतियोगिता आयोजना गर्न लागिएको हो।
यस्तै, असोज ३१ गते ५ किलोमिटर दूरीको खुला दौड प्रतियोगिता हुनेछ। महिला र पुरुष दुवै विधामा आयोजना हुने दौडमा देशभरबाट ५ सयभन्दा बढी धावक सहभागी हुने आयोजकको अपेक्षा छ।
दौड दमकको शंखधर चोकबाट सुरु भई फर्निचर लाइन, पशुहाट, सुत्लीलाइन–नगरपालिका रोड हुँदै फाल्गुनन्द चोक पुगेर पुनः शंखधर चोकमै आएर सम्पन्न हुनेछ।
दौडका विजेताले क्रमशः ५ हजार, ३ हजार र २ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। सहभागी सबैलाई प्रमाणपत्र र मेडल प्रदान गरिनेछ। प्रतियोगितामा सहभागिताका लागि ३५० रुपैयाँ शुल्क तोकिएको छ भने दर्ता गर्ने धावकलाई आयोजकले टी–सर्टसमेत उपलब्ध गराउने जनाएको छ।
प्रतियोगिताले युवालाई खेलकुदमा सक्रिय बनाउन तथा स्वस्थ जीवनशैलीतर्फ प्रेरित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
सरोज सिंह
युवा धावक सरोज सिंहका अनुसार प्रतियोगिताले युवालाई खेलकुदमा सक्रिय बनाउन तथा स्वस्थ जीवनशैलीतर्फ प्रेरित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
युवालाई कुलतबाट टाढा राख्दै खेलकुदमार्फत सकारात्मक ऊर्जा, अनुशासन र स्वस्थ प्रतिस्पर्धाको वातावरण निर्माण गर्ने उद्देश्य रहेको छ।
टेकबहादुर थापा (दमक–६ वडाध्यक्ष)
दमक–६ का वडाध्यक्ष टेकबहादुर थापाले युवालाई कुलतबाट टाढा राख्दै खेलकुदमार्फत सकारात्मक ऊर्जा, अनुशासन र स्वस्थ प्रतिस्पर्धाको वातावरण निर्माण गर्ने उद्देश्य रहेको बताए। उनका अनुसार दशैँपछि आगामी मंसिरमा चेस, ब्याडमिन्टनलगायत थप खेलकुद प्रतियोगिता आयोजना गर्ने तयारीसमेत भइरहेको छ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?
१ प्रतिक्रिया






प्रतिक्रिया