मुख्य कुरा
- असोज २२ गतेदेखि ‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना–२०८३’ कार्यान्वयनमा आएको छ।
- २८ हजार १ सय २६ जना सशस्त्र प्रहरी र थप ४ हजार ५ सूर्य स्ट्यान्डबाइमा राखिएका छन्।
- काँकडभिट्टासहित वीरगञ्ज, बेलहिया र जमुनाह नाकामा स्निफिङ डग टोली परिचालन गरिएको छ।
- दैनिक ४१५ पिकेट, ४१८ चेकपोइन्ट, ६०१ पैदल र ५५५ मोबाइल गस्ती सञ्चालन हुनेछन्।
झापा। दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै सशस्त्र प्रहरी बल नेपालले देशभर विशेष सुरक्षा योजना लागू गरेको छ। असोज २२ गतेदेखि कार्यान्वयनमा आएको ‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना–२०८३’ अन्तर्गत २८ हजार १ सय २६ जना सशस्त्र प्रहरी परिचालन गरिएको हो।
आकस्मिक अवस्थाका लागि थप ४ हजार ५ सय सुरक्षाकर्मीलाई स्ट्यान्डबाइ अवस्थामा राखिएको छ।
सशस्त्र प्रहरी बल
चाडपर्वका क्रममा सीमा क्षेत्रमा हुनसक्ने अवैध गतिविधि, चोरी–तस्करी तथा अन्य सुरक्षा चुनौती नियन्त्रण गर्न भारत र चीनका समकक्षी सुरक्षा निकायसँग समन्वय गरिएको सशस्त्र प्रहरीले जनाएको छ। आकस्मिक अवस्थाका लागि थप ४ हजार ५ सय सुरक्षाकर्मीलाई स्ट्यान्डबाइ अवस्थामा राखिएको छ।
सीमा नाकाबाट आवतजावत गर्ने नागरिक तथा पर्यटकको सहजताका लागि १४१ स्थानमा नागरिक सहायता कक्ष, १६ स्थानमा स्वास्थ्य कक्ष र १३ स्थानमा पर्यटक सहायता कक्ष सञ्चालनमा ल्याइएको छ। झापाको काँकडभिट्टासहित वीरगञ्ज, बेलहिया र जमुनाह नाकामा लागूऔषध, विस्फोटक पदार्थ तथा अवैध हातहतियार नियन्त्रणका लागि स्निफिङ डग टोलीसमेत परिचालन गरिएको छ।
सुरक्षा योजनाअन्तर्गत दैनिक ४१५ स्थानमा पिकेट, ४१८ चेकपोइन्ट, ६०१ पैदल गस्ती, ५५५ मोबाइल गस्ती र १४६ क्युआरटी परिचालन हुनेछन्। सम्भावित विपद् तथा दुर्घटनालाई ध्यानमा राख्दै एम्बुलेन्ससहितका उद्धार टोली, विपद् उद्धार टोली, बम डिस्पोजल टोली र गोताखोर टोलीलाई पनि तयारी अवस्थामा राखिएको छ।
सीमा तथा संवेदनशील क्षेत्रमा निगरानी बढाउन २१ ड्रोन र ४१२ सीसीटीभी क्यामेरा प्रयोग गरिएको छ।
सशस्त्र प्रहरी बल
सीमा तथा संवेदनशील क्षेत्रमा निगरानी बढाउन २१ ड्रोन र ४१२ सीसीटीभी क्यामेरा प्रयोग गरिएको छ। सुरक्षा योजनाको कार्यान्वयन अनुगमनका लागि देशभर ९४ वटा अनुगमन टोली परिचालन गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरीका प्रवक्ता एवं नायव महानिरीक्षक नेत्रबहादुर कार्कीका अनुसार आपत्कालीन अवस्थामा नागरिकले टोल फ्री नम्बर १११४ वा सीमा हटलाइन ९८५१२६०७३० मा सम्पर्क गर्न सक्नेछन्।






प्रतिक्रिया