मुख्य कुरा
- प्रधानमन्त्री बालेन्द्र शाह ३५ सदस्यीय प्रतिनिधिमण्डलसहित नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत दुईदिने भारत भ्रमणमा प्रस्थान गरेका छन्।
- प्रस्थानका बेला नेपाली सेनाको सम्मान गारत आयोजना गरिएन र औपचारिक तामझाम पनि देखिएन।
- विमानस्थलमा गृहमन्त्री सुधन गुरुङ, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ र रास्वपा प्रवक्ता जगदीश खरेलले बिदाइ गरे।
- भ्रमणमा ऊर्जा, व्यापार, पारवहन, लगानी र पूर्वाधारका विषय प्राथमिकतामा रहने परराष्ट्र मन्त्रालयले जनाएको छ।
- सोमबार शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रपति द्रौपदी मुर्मुसँग भेटवार्ता गर्ने कार्यतालिका छ।
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) दुईदिने भारतको राजकीय भ्रमणमा निस्किएका छन् । तर, उनको यसपटकको भ्रमण विगतका प्रधानमन्त्रीहरूको भन्दा फरक देखिएको छ । औपचारिक बिदाइमा सीमित उपस्थिति, नेपाली सेनाको सम्मान गारतको अनुपस्थिति र नियमित व्यावसायिक उडानको प्रयोगले उनको भ्रमणशैलीलाई चर्चाको विषय बनाएको छ ।

आइतबार अपराह्न नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत ३५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री शाह नयाँदिल्ली प्रस्थान गरेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई गृहमन्त्री सुधन गुरुङ, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता जगदीश खरेलले बिदाइ गरे । विगतमा प्रधानमन्त्रीको विदेश भ्रमणका क्रममा देखिने उच्चस्तरीय उपस्थिति र औपचारिक तामझाम भने यसपटक देखिएन ।
प्रधानमन्त्रीको प्रस्थानका क्रममा नेपाली सेनाले प्रदान गर्दै आएको सम्मान गारत (गार्ड अफ अनर) समेत आयोजना गरिएन ।
प्रधानमन्त्रीको प्रस्थानका क्रममा नेपाली सेनाले प्रदान गर्दै आएको सम्मान गारत (गार्ड अफ अनर) समेत आयोजना गरिएन । यसअघि संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका जाँदा पनि शाहले यस्तो सम्मान ग्रहण गरेका थिएनन् । नेपाली सेनाका प्रवक्ता सहायक रथी राजेन्द्र श्रेष्ठले सम्मान गारतका लागि कुनै आदेश प्राप्त नभएकाले कार्यक्रम नराखिएको स्पष्ट पारेका छन् ।
नेपाली सेनाका प्रवक्ता सहायक रथी राजेन्द्र श्रेष्ठले सम्मान गारतका लागि कुनै आदेश प्राप्त नभएकाले कार्यक्रम नराखिएको स्पष्ट पारेका छन् ।
नेपाली सेना
भ्रमणको औपचारिकतामा मात्र होइन, तयारी र कूटनीतिक परम्पराका विषयमा पनि प्रधानमन्त्री शाहको कार्यशैलीले बहस सिर्जना गरेको छ । विदेश भ्रमणअघि राष्ट्रपतिलाई जानकारी गराउने, प्रमुख राजनीतिक दलका नेता तथा पूर्वप्रधानमन्त्रीहरूसँग भ्रमणका विषयमा परामर्श गर्ने प्रचलित अभ्यासलाई यसपटक निरन्तरता नदिइएको भन्दै असन्तुष्टि व्यक्त भइरहेको छ । त्यस्तै, भ्रमण टोलीमा प्रधानमन्त्रीकी पत्नी सविना काफ्लेलाई पनि सहभागी गराइएको छैन ।
विदेश भ्रमणअघि राष्ट्रपतिलाई जानकारी गराउने, प्रमुख राजनीतिक दलका नेता तथा पूर्वप्रधानमन्त्रीहरूसँग भ्रमणका विषयमा परामर्श गर्ने प्रचलित अभ्यासलाई यसपटक निरन्तरता नदिइएको भन्दै असन्तुष्टि व्यक्त भइरहेको छ ।

प्रधानमन्त्री शाहको भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनालसहित प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन, राजनीतिक सल्लाहकार असिम शाह तथा विभिन्न सल्लाहकार र सचिवालयका सदस्यहरू सहभागी छन् । उच्च सरकारी अधिकारी, निजी क्षेत्रका प्रतिनिधि तथा सरकारी सञ्चारमाध्यमका सञ्चारकर्मीसहित टोलीमा कुल ३५ सदस्य छन् ।
प्रधानमन्त्री बनेपछि शाहको यो दोस्रो औपचारिक विदेश भ्रमण हो । यसअघि असोज ६ गते संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान गरेका उनी कतार हुँदै न्युयोर्क पुगेका थिए । महासभालाई सम्बोधन गरेर असोज १० गते स्वदेश फर्किएका थिए ।
द्विपक्षीय सम्बन्ध र आर्थिक सहकार्यमा केन्द्रित भ्रमण
प्रधानमन्त्री शाहको भारत भ्रमणलाई नेपाल–भारत सम्बन्धलाई थप प्रभावकारी बनाउने अवसरका रूपमा हेरिएको छ । भ्रमणका क्रममा ऊर्जा, व्यापार, पारवहन, लगानी, पूर्वाधार तथा सम्पर्क सञ्जाल विस्तारलगायतका विषय प्राथमिकतामा रहने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
दुई देशबीच सम्पन्न विभिन्न परियोजनाको उद्घाटन तथा नयाँ परियोजनाको शिलान्यास गर्ने कार्यक्रमसमेत रहेको छ । शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संसाधन विकासका क्षेत्रमा सहकार्य विस्तार गर्ने उद्देश्यले विभिन्न समझदारीपत्र (एमओयू) आदानप्रदान गर्ने तयारी गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
भ्रमणको पहिलो दिन आइतबार साँझ भारतीय विदेशमन्त्री डा. एस. जयशंकरले प्रधानमन्त्री शाहसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । सोमबार उनले महात्मा गान्धीको समाधिस्थल राजघाट पुगेर श्रद्धाञ्जली अर्पण गर्नेछन् । त्यसपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रपति द्रौपदी मुर्मुसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यतालिका रहेको छ ।
दुईदिने भ्रमण पूरा गरी प्रधानमन्त्री शाह सोमबार साँझ ६ बजेर ३५ मिनेटमा नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत स्वदेश फर्कने कार्यक्रम छ । भ्रमण टोली फर्किएपछि परराष्ट्रमन्त्री शिशिर खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलनमार्फत भ्रमणका उपलब्धि र छलफलका विषय सार्वजनिक गर्नेछन् ।

परम्परागत औपचारिकता र तामझामभन्दा फरक शैली अपनाएको प्रधानमन्त्री शाहको यस भ्रमणको वास्तविक मूल्याङ्कन भने दुई देशबीच भएका सहमति, समझदारी र तिनको कार्यान्वयनले निर्धारण गर्नेछ । भ्रमणलाई केवल औपचारिक भेटघाटमा सीमित नराखी नेपालको राष्ट्रिय हित, आर्थिक अवसर र द्विपक्षीय सम्बन्धमा ठोस उपलब्धि हासिल गर्ने अवसरका रूपमा उपयोग गर्नुपर्ने सरोकारवालाहरूको सुझाव छ ।






प्रतिक्रिया