मुख्य कुरा
- चालु आर्थिक वर्षको साउनदेखि असोजसम्म विदेशी पर्यटकले २५ अर्ब ५२ करोड रुपैयाँ खर्च गरेका छन्।
- पर्यटन क्षेत्रबाट प्राप्त आम्दानी ३२.७ प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ।
- नेपालीको विदेश भ्रमण तथा यात्रा खर्च १५.७ प्रतिशतले घटेर ५४ अर्ब ४६ करोड रुपैयाँ पुगेको छ।
- यात्रा खर्चमध्ये शिक्षातर्फ मात्रै ३६ अर्ब ६५ करोड रुपैयाँ बाहिरिएको छ।
- खुद सेवा खातामा १९ अर्ब ५५ करोड रुपैयाँ घाटा देखिएको छ।
दमक, मंसिर ४
नेपाल भ्रमणमा आएका विदेशी पर्यटकले पछिल्लो तीन महिनामा २५ अर्ब ५२ करोड रुपैयाँ खर्च गरेका छन्।
नेपाल राष्ट्र बैंक (एनआरबी) का अनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिना अर्थात् साउनदेखि असोजसम्म पर्यटन क्षेत्रबाट प्राप्त आम्दानी ३२.७ प्रतिशतले वृद्धि हुँदै उक्त रकम पुगेको हो। गत आर्थिक वर्षको सोही अवधिमा विदेशी पर्यटकले नेपालमा १९ अर्ब २३ करोड रुपैयाँ खर्च गरेका थिए।
उक्त खर्चमध्ये शिक्षातर्फ मात्रै ३६ अर्ब ६५ करोड रुपैयाँ बाहिरिएको राष्ट्र बैंकले जनाएको छ।
यता, सोही अवधिमा नेपालीले विदेश भ्रमण तथा अन्य यात्रामा गर्ने खर्च भने १५.७ प्रतिशतले घटेर ५४ अर्ब ४६ करोड रुपैयाँमा झरेको छ। उक्त खर्चमध्ये शिक्षातर्फ मात्रै ३६ अर्ब ६५ करोड रुपैयाँ बाहिरिएको राष्ट्र बैंकले जनाएको छ।
गत आर्थिक वर्षको पहिलो तीन महिनामा यस्तो यात्रा खर्च ६४ अर्ब ५९ करोड रुपैयाँ रहेको थियो। त्यतिबेला शिक्षाका लागि मात्रै ४२ अर्ब ९६ करोड रुपैयाँ खर्च भएको थियो।
सेवा क्षेत्रबाट हुने आम्दानीभन्दा खर्च बढी भएपछि खुद सेवा खातामा १९ अर्ब ५५ करोड रुपैयाँ घाटा देखिएको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो घाटा ३२ अर्ब २७ करोड रुपैयाँ रहेको थियो।



प्रतिक्रिया