मुख्य कुरा
- महँगी र विद्यालयको अवस्थाविरुद्ध शनिबार फ्रान्समा भएको प्रदर्शनमा करिब एक हजार जना पक्राउ परेका छन्।
- गृह मन्त्रालयका अनुसार प्रदर्शनमा करिब ४ लाख १० हजार, ट्रेड युनियनका अनुसार करिब ८ लाख सहभागी रहे।
- सम्भावित हिंसा नियन्त्रणका लागि देशभर करिब ७० हजार प्रहरी परिचालन गरिएको थियो।
- गत साताको प्रदर्शनमा सयौँ पसलमा लुटपाट, आगजनी र तोडफोड भएको थियो।
- राष्ट्रपति म्याक्रोँले मान्यता प्राप्त ट्रेड युनियनहरूको प्रदर्शनलाई मात्र अनुमति दिने आदेश जारी गरेका थिए।
काठमाडौं, ८ कात्तिक । महँगी बढेको र विद्यालयहरूको अवस्था खस्किएको विरोधमा फ्रान्समा शनिबार भएको प्रदर्शनका क्रममा करिब एक हजार जना पक्राउ परेका छन्।
बीबीसीका अनुसार, प्रदर्शनमा ठूलो सङ्ख्यामा मानिस सहभागी भएका थिए। फ्रान्सको गृह मन्त्रालयले प्रदर्शनमा करिब ४ लाख १० हजार जना सहभागी भएको जनाएको छ भने ट्रेड युनियनहरूले सहभागीको सङ्ख्या करिब ८ लाख रहेको दाबी गरेका छन्।
प्रदर्शनका क्रममा सम्भावित हिंसा नियन्त्रण गर्न देशभर करिब ७० हजार प्रहरी परिचालन गरिएको थियो।
प्रदर्शनका क्रममा सम्भावित हिंसा नियन्त्रण गर्न देशभर करिब ७० हजार प्रहरी परिचालन गरिएको थियो। शनिबार अबेर राति केही स्थानमा प्रदर्शनकारी र प्रहरीबीच झडप भए पनि गत साताको तुलनामा व्यापक हिंसा र लुटपाटका घटना रोक्न सुरक्षा निकाय सफल भएको जनाइएको छ।
गत साता भएका प्रदर्शनका क्रममा सयौँ पसलमा लुटपाट हुनुका साथै विभिन्न भवनमा आगजनी र तोडफोडका घटना भएका थिए। ती घटनालाई फ्रान्सको आधुनिक इतिहासमा देखिएका गम्भीर अशान्तिमध्ये एकका रूपमा लिइएको छ।
यसैबीच, फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले यस साता मान्यता प्राप्त ट्रेड युनियनहरूले आयोजना गर्ने प्रदर्शनलाई मात्र अनुमति दिने आदेश जारी गरेका थिए। प्रदर्शनका क्रममा हिंसा फैलिन नदिन विभिन्न सहरमा कडा प्रतिबन्धसमेत लागू गरिएको थियो।
तोडफोड, आगजनी र लुटपाटमा संलग्न व्यक्तिहरूमाथि द्रुत सुनुवाइ भइरहेको छ। यस प्रक्रियामार्फत सयौँ व्यक्तिलाई जेल पठाइसकिएको जनाइएको छ।






प्रतिक्रिया