मुख्य कुरा
- आइतबार सुन प्रतितोला १ हजार ५०० रुपैयाँले घटेर २ लाख ७० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ।
- तिहारअघि गत सोमबार सुनको मूल्य २ लाख ८४ हजार ३०० रुपैयाँ थियो।
- तिहारयतै सुन प्रतितोला १४ हजार १०० रुपैयाँ सस्तिएको छ।
- आइतबार चाँदी प्रतितोला १०० रुपैयाँले घटेर ३ हजार ६०० रुपैयाँमा पुगेको छ।
- चाँदीको मूल्य तिहारअघिको तुलनामा २५५ रुपैयाँले घटेको छ।
दमक, २९ कात्तिक। नेपाली बजारमा तिहारपछि सुनको मूल्य निरन्तर ओरालो लागिरहेको छ। पछिल्लो मूल्यसूचीअनुसार आइतबार सुनको भाउ प्रतितोला १ हजार ५०० रुपैयाँले घटेको छ।
आइतबार सुनको कारोबार प्रतितोला २ लाख ७० हजार २०० रुपैयाँमा भइरहेको छ
नेपाल सुनचाँदी व्यवसायी महासंघ
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको कारोबार प्रतितोला २ लाख ७० हजार २०० रुपैयाँमा भइरहेको छ। यसअघि शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ७१ हजार ७०० रुपैयाँ कायम थियो।
तिहारअघिको अवस्थासँग तुलना गर्दा सुनको मूल्यमा उल्लेख्य गिरावट देखिएको छ। गत सोमबार प्रतितोला २ लाख ८४ हजार ३०० रुपैयाँ पुगेको सुनको भाउ त्यसयता घटेर हाल २ लाख ७० हजार २०० रुपैयाँमा झरेको हो। यससँगै तिहारयता मात्रै सुन प्रतितोला १४ हजार १०० रुपैयाँ सस्तो भएको छ।
यता चाँदीको मूल्यमा पनि गिरावट आएको छ। आइतबार चाँदी प्रतितोला १०० रुपैयाँले घटेर ३ हजार ६०० रुपैयाँ कायम भएको छ। शुक्रबार चाँदीको कारोबार प्रतितोला ३ हजार ७०० रुपैयाँमा भएको थियो।
तिहारअघि गत सोमबार प्रतितोला ३ हजार ८५५ रुपैयाँ रहेको चाँदीको मूल्य हालसम्म २५५ रुपैयाँले घटिसकेको छ।
सुनचाँदीको मूल्यमा आएको यो गिरावटले गहना खरिद गर्ने तयारीमा रहेका उपभोक्तालाई केही राहत मिल्ने देखिएको छ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?
२ प्रतिक्रिया



प्रतिक्रिया