मुख्य कुरा
- बिर्तामोड–४ भद्रपुर रोडका दुई फर्निचर उद्योगमा आगलागी भयो।
- देवी वुडन र जय ट्रेड फर्निचरमा लागेको आगो दुई घण्टापछि नियन्त्रणमा आयो।
- विद्युत् सर्टका कारण आगलागी भएको हुनसक्ने प्रहरीको भनाइ छ।
- अर्जुनधारा–३ का ३९ वर्षीय तिलबहादुर रम्तेल घाइते भएका छन्।
बिर्तामोड । झापाको बिर्तामोड–४ भद्रपुर रोडस्थित दुई फर्निचर उद्योगमा लागेको आगो करिब दुई घण्टापछि नियन्त्रणमा आएको छ ।
देवी वुडन फर्निचर र जय ट्रेड फर्निचर फ्याक्ट्री एण्ड शोरुममा लागेको आगो नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासी तथा विभिन्न स्थानीय तहका दमकल परिचालन गरिएको थियो । प्रारम्भिक अनुसन्धानमा विद्युत् सर्टका कारण आगलागी भएको हुनसक्ने प्रहरीले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानमा विद्युत् सर्टका कारण आगलागी भएको हुनसक्ने प्रहरीले जनाएको छ ।
प्रहरी
आगलागीबाट नजिकका दुई घरमा समेत सामान्य क्षति पुगेको छ । घटनामा मानवीय क्षति नभए पनि सामान निकाल्ने क्रममा अर्जुनधारा–३ का ३९ वर्षीय तिलबहादुर रम्तेल एक तला माथिबाट हाम फाल्दा घाइते भएका छन्। उनको बिर्तासिटी हस्पिटलमा उपचार भइरहेको छ । आगलागीबाट भएको क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?
३ प्रतिक्रिया






प्रतिक्रिया