मुख्य कुरा
- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा झापाबाट करिब दुई दर्जन नेता केन्द्रीय सदस्यका आकांक्षी छन्।
- विभिन्न क्लस्टरबाट हालसम्म २२ जनाले उम्मेदवारीको आकांक्षा व्यक्त गरेका छन्।
- आकांक्षीमध्ये पुरुषको तुलनामा महिलाको संख्या बढी रहेको बताइएको छ।
- महाधिवेशनमा झापाबाट कुल १९५ जना प्रतिनिधि सहभागी भएका छन्।
झापा, असोज १८ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा झापाबाट करिब दुई दर्जन नेताले विभिन्न क्लस्टरअन्तर्गत केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने तयारी गरेका छन् ।
झापाबाट महिला, युवा, पेशागत तथा विज्ञ, भूगोल, अपांगतालगायत विभिन्न क्लस्टरमा उम्मेदवारीका आकांक्षी देखिएका हुन्। महिला क्लस्टरतर्फ उमा शिवाकोटी र सीतादेवी पौडेलले उम्मेदवारी घोषणा गरेका छन्। ३५ वर्षमुनिको क्लस्टरतर्फ रुवि सिटौला, सरिता पौडेल र निरज दुलाल आकांक्षी छन्।
त्यस्तै, पेशागत तथा विज्ञ क्लस्टरतर्फ विज्ञान प्रसाई, भूगोलतर्फ रेगिना भट्टराई र अपांगता क्लस्टरतर्फ उत्सव ढकालले उम्मेदवारी घोषणा गरेका छन्। वीरमणि ढकाल, मेदनी सिटौला, रामकुमारी पौडेल, जगदीश काफ्ले र अनिलकृष्ण प्रसाईलगायतका नेताहरू पनि केन्द्रीय सदस्यका आकांक्षी रहेको कांग्रेस स्रोतले जनाएको छ ।
जिल्ला सभापति देउमान थेबेले झापाबाट ठूलो संख्यामा नेताहरूले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने इच्छा व्यक्त गरेको जानकारी दिएका छन्। उनका अनुसार हालसम्म २२ जनाले आकांक्षा व्यक्त गरिसकेका छन्। उम्मेदवारको अन्तिम टुंगो भने भोलि लाग्ने उनले बताए ।
आकांक्षीको संख्यामा पुरुषको तुलनामा महिला बढी रहेको बताइएको छ। महाधिवेशनमा सहभागी हुन झापाबाट महाधिवेशन प्रतिनिधि, गाउँ तथा नगर सभापति, क्षेत्रीय सभापति र प्रदेशसभा क्षेत्रीय सभापतिसहित १९५ जना प्रतिनिधि सहभागी भएका छन् ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?
३ प्रतिक्रिया






प्रतिक्रिया