मुख्य कुरा
- राष्ट्रपति डोनाल्ड ट्रम्पले मेडिकेयरमा आबद्ध २० मिलियनभन्दा बढी ज्येष्ठ नागरिकलाई एकपटकका लागि ९० डलर दिने घोषणा गरेका छन्।
- यो रकम स्वास्थ्य बीमाको प्रिमियम खर्चमा राहतका लागि मेडिकेयर इम्प्रुभमेन्ट फन्डबाट उपलब्ध गराइनेछ।
- अमेरिकी संसद्ले उक्त कोषमा २ अर्ब डलर विनियोजन गरेको ह्वाइट हाउसले जनाएको छ।
- अधिकांश लाभग्राहीले अक्टोबरको सुरुआतमै ९० डलर बैंक खातामा प्रत्यक्ष जम्मा पाउनेछन्।
- नोभेम्बरको मध्यावधि निर्वाचनअघि गरिएको घोषणालाई विपक्षीहरूले राजनीतिक उद्देश्यसँग जोडेर आलोचना गरेका छन्।
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेडिकेयरमा आबद्ध २० मिलियनभन्दा बढी ज्येष्ठ नागरिकलाई स्वास्थ्य बीमाको प्रिमियम खर्चमा राहत दिन एकपटकका लागि ९० अमेरिकी डलर उपलब्ध गराउने घोषणा गरेका छन् ।
ट्रम्पले शुक्रबार सामाजिक सञ्जालमार्फत घोषणा गरेको उक्त रकम मेडिकेयर इम्प्रुभमेन्ट फन्डबाट उपलब्ध गराइने बताएका छन् । अमेरिकी संसद्ले मेडिकेयरको सुधारका लागि उक्त कोषमा २ अर्ब डलर विनियोजन गरेको ह्वाइट हाउसले जनाएको छ ।
ह्वाइट हाउसका अनुसार योग्य अधिकांश लाभग्राहीले अक्टोबरको सुरुआतमै ९० डलर बैंक खातामा प्रत्यक्ष जम्मा भएको पाउनेछन्। प्रत्यक्ष भुक्तानीको सुविधा नभएका लाभग्राहीलाई भने दर्ता भएको ठेगानामा चेक पठाइनेछ। सबै मेडिकेयर लाभग्राही भने यसका लागि योग्य हुने छैनन् ।
योग्य अधिकांश लाभग्राहीले अक्टोबरको सुरुआतमै ९० डलर बैंक खातामा प्रत्यक्ष जम्मा भएको पाउनेछन्
ह्वाइट हाउस
नोभेम्बरमा हुने मध्यावधि निर्वाचन नजिकिँदै गर्दा ट्रम्पले यस्तो आर्थिक राहत घोषणा गरेका हुन्। विपक्षीहरूले भने निर्वाचनको पूर्वसन्ध्यामा गरिएको घोषणालाई राजनीतिक उद्देश्यसँग जोडेर आलोचना गरेका छन् ।
नोभेम्बरमा हुने मध्यावधि निर्वाचन नजिकिँदै गर्दा ट्रम्पले यस्तो आर्थिक राहत घोषणा गरेका हुन्
यसअघि पनि ट्रम्प प्रशासनले अफोर्डेबल केयर एक्टअन्तर्गत स्वास्थ्य बीमा खरिद गरेका झन्डै १० लाख अमेरिकीलाई प्रतिव्यक्ति ५०० डलरसम्मको रकम फिर्ता गर्ने घोषणा गरेको थियो ।
सबै मेडिकेयर लाभग्राही भने यसका लागि योग्य हुने छैनन्
मेडिकेयरसम्बन्धी ९० डलरको भुक्तानीलाई आगामी मध्यावधि निर्वाचनअघि ट्रम्प प्रशासनबाट घोषणा गरिएका पछिल्ला आर्थिक राहत कार्यक्रममध्ये एकका रूपमा हेरिएको छ ।






प्रतिक्रिया