मुख्य कुरा
- रास्वपा सभापति रवि लामिछानेले सरकार ढल्ने अफवाह फैलाउनेहरूको कटाक्ष गरेका छन्।
- उनले नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गरेका थिए।
- प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारको स्थायित्वबारे शङ्का नगर्न लामिछानेको आग्रह छ।
- यसपटक जनताले देशको इतिहास बदल्ने सङ्कल्पसहित सरकार चुनेको उनको भनाइ थियो।
काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान सरकार ढल्ने हल्ला चलाउनेहरू स्वयं नै निराशाले ढल्ने अवस्थामा पुग्ने कटाक्ष गरेका छन् ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभापति लामिछानेले प्रधानमन्त्री बालेन शाह नेतृत्वको वर्तमान सरकारको स्थायित्वबारे कुनै शङ्का नगर्न आग्रह गरे ।
दिनहुँजसो सरकार ढल्ने अफवाह फैलाइएको प्रति लक्षित गर्दै लामिछानेले भने, “कहिले दशैँमा, कहिले तिहारमा त कहिले छठ र नेपाल संवत्मा सरकार ढल्छ भनेर अड्कलबाजी गरिएको सुनिन्छ। तर म दाबीका साथ भन्छु— ढल्न त ढल्छ, तर यो पटक-पटक सरकार ढल्छ भन्ने मान्छे नै सरकार नढलेको देखेर बेहोस भएर ढल्छ ।”
ढल्न त ढल्छ, तर यो पटक-पटक सरकार ढल्छ भन्ने मान्छे नै सरकार नढलेको देखेर बेहोस भएर ढल्छ ।
रवि लामिछाने
यसपटक जनताले केवल कुनै व्यक्ति वा शक्तिलाई नभई देशको इतिहास बदल्ने सङ्कल्पसहित सरकार चुनेको उनको भनाइ थियो। जनमतको अवमूल्यन र हुर्मत लिने खेल बन्द गर्न आग्रह गर्दै उनले वर्तमान सरकार आफ्नो उद्देश्यमा दृढ रहेको र निरन्तर अगाडि बढ्ने दाबी गरे ।
कहिले दशैँमा, कहिले तिहारमा त कहिले छठ र नेपाल संवत्मा सरकार ढल्छ भनेर अड्कलबाजी गरिएको सुनिन्छ।
रवि लामिछाने






प्रतिक्रिया